नेकपाका अध्यक्ष पुष्प कमल दाहाल”प्रचण्ड ”लाई पुर्व माओबादी लडाकुका छोराले जुत्ता प्रहार गरे ।

राजनीति

नेकपाका अध्यक्ष पुष्प कमल दाहाल”प्रचण्ड ”लाई पुर्व माओबादी लडाकुका छोराले जुत्ता प्रहार गरे ।
मार्च १ काठमाडौं:-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने व्यक्ति पूर्व लडाकुका छोरा रतन तिरुवा रहेको खुलेको छ ।आज राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार गरिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जुत्ता प्रहार गर्ने व्यक्ति तिरुवा भएको पुष्टि गरेका छन् । २२ वर्षीय युवक तिरुवाको घर जुम्ला रहेको बताइएको छ । युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।राष्ट्रिय सभागृहमा भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएको थियो । सो कार्यक्रमको प्रचण्ड प्रमुख अतिथि थिए । उनलाई मञ्चमा नै जुत्ता प्रहार भएपछि केहीबेर सभागृह अशान्त बनेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...