नेकपा माओबादी केन्द्रद्वारा बागी उम्मेदवारलाई कारबाही ।

अन्य

नेकपा माओबादी केन्द्रद्वारा बागी उम्मेदवारलाई कारबाही ।

नोवेम्बर ९ काठमाडौँ :- नेकपा माओवादी केन्द्रले पार्टीको निर्णय र निर्देशन विपरित प्रतिनिधि र प्रदेशसभामा बागी उम्मेदवार बन्ने र तिनको प्रस्ताबक र समर्थक बन्ने सबैलाई पार्टीको सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेको छ ।चुनाबी तालमेलसँग एमालेसँग पार्टी एकताको गृहकार्य भइरहेको अवस्थामा पार्टीले टिकट दिएका उम्मेदवार विरुद्ध बागी उम्मेदवार बनेका, तिनको प्रस्ताबक र समर्थक बनेका सल्यान र हुम्लाको तीन जना पोलिटव्युरो सदस्यसहित १० जनालाई अनुशासनको कारबाही गरिएको हो ।

‘बिहीबार प्रदेश नं.६ का इञ्चार्ज र संयोजकलाई सम्बोधन गरी गरिएको परिपत्रमा भनिएको छ, ‘प्रदेश नं. ६ को कार्यालयको सिफारिस अनुसार प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ने.क.पा. (माओवादी केन्द्र) र नेकपा एमाले सहितका वामपन्थीहरुको तालमेल अुनसार निर्वाचन क्षेत्र बाँडफाँडमा भएको निर्णय र पार्टीले तोकिएका उम्मेद्वारहरुको विरुद्धमा सल्यान र हुम्ला जिल्लामा वागी उम्मेद्वारी दिने र प्रस्तावक, समर्थक बस्ने निम्न अनुसारका कमरेडहरुलाई पार्टी सदस्यतासमेत नरहने गरी यो अनुशासनको कारबाही गरिएको छ । सो अनुसार गर्नु गराउनु हुन निर्देशन गरिन्छ ।

पार्टीको अनुशासन कारबाहीमा पर्नेमा पोलिटव्युरो सदस्य उमाकान्त शर्मा, छक्कबहादुर लामा र भीमप्रकाश शर्मा रहेका छन ।

maobad


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...