नारायनागढ़ -मुग्लिङ्ग सडक खण्ड अवरुद्द ,पहिरो हटाउने काम हुँदै।

अन्य

नारायनागढ़ -मुग्लिङ्ग सडक खण्ड अवरुद्द ,पहिरो हटाउने काम हुँदै।
जुलाई २१ चितवन:-सोमबार विहानैदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो हटाउने काम धमाधम भइरहेको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो खसेको पहिरो हटाउन २४ घण्टासम्म हम्मे हम्मे परेको छ । सोमबार साँझसम्म हटाउने प्रयास गरिए पनि सफल भएन ।निरन्तरको वर्षा र बेला बेला सोही स्थानमा खस्दै गएको पहिरोका कारण पहिरो हटाउन समस्या भएको हो । आज विहानैदेखि पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...