धादिङ्गको गजुरीमा यात्रु बाहक बस त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु ।

अन्य

धादिङ्गको गजुरीमा यात्रु बाहक बस त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु ।
मे १९ काठमाडौँ :- काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङको गजुरीमा त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ। घटनामा २९ जना धाइते भएको धादिङ प्रहरीले जनाएको छ। झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको धादिङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ भने अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...