वरिष्ठ कलाकार भृगुराम श्रेष्ठको उपचारार्थ नेवा:पुच: द्वारा आर्थिक सहयोग ।

अन्य

वरिष्ठ कलाकार भृगुराम श्रेष्ठको उपचारार्थ नेवा:पुच: द्वारा आर्थिक सहयोग ।
अक्टुबर १९ फिष्टेल न्युज :-नेपाल भाषाको कैयौं लोकप्रिय गीत गाएर रेकर्ड गरि सकेका वरिष्ठ गायक भृगुराम श्रेष्ठ नेपाल भाषाको गायक र सडक नाटक ( डबु प्याँखं ) का कलाकार हुन।असन त्यौडमा जन्मिएका श्रेष्ठ हेटौडामा बसोबास गर्न पुग्नु भ​एको हो । श्रेष्ठ जन-कवि दुर्गालाल श्रेष्ठको समकक्षि पनि हुन भने नेवाः पुचः हेटौंडाका अध्यक्ष रहेका नेवार सामाजिक गतिविधिमा संलग्न क्रियाशिला अग्रसर व्यक्ति हुन। । श्रेष्ठले योगदानको कदर स्वरुप थुपै सम्मान र पुरुस्कारहरु पाइसकेका छन् ।त्यसमा नेपाल भाषा एकेडेमी दान्यहिरा पुरस्कार र चित्तधर सिरपा पुरस्कार श्रेष्ठको ठूलो उपलव्धिको रुपमा लिन सकिन्छ । नेपाल भाषामा निकै लामो समयदेखि समर्पित ख्यातिप्राप्त नेवार जन गायक ( नेपालभाषा एवम नेपालको आदिवासी भाषाको पहिलो चलचित्र शिलुको अभिनेता एवम नायिका स्व. नविना श्रेष्ठ ज्युका पिता ) श्रेष्ठ सर्वाङ्गी स्वास्थ्य सेवा अस्पताल कुपन्डोलमा आई सि यु उपचारार्थ भर्ना भएको र आर्थिक सहयोगको लागि विभिन्न मिडियामा सहयोग हेतु पहल भएको र नेवाः पुचःयुएईको पदाधिकारीहरुले श्रेष्ठको परिवार संग टेलिफोनमा स्वास्थ्य अवस्थाको जानकारी लिए पश्चात, श्रेष्ठको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन नेवा: पुच: युएईको पनि नैतिक जिम्मेवारी महसूस गरी निजको स्वास्थ्य उपचारको लागी आर्थिक सहयोग संकलन गरी सहयोग गर्न नेवा: पुच: युएईको तर्फ बाट पुच: का उपाध्यक्ष राजेश प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य हिरालाल श्रेष्ठ , केन्द्रीय सदस्य भिमनारायण श्रेष्ठ ,केन्द्रीय सदस्य तथा अवुधाबी क्षेत्रिय अध्यक्ष सुनिलमान श्रेष्ठ , केन्द्रीय कोषाध्यक्ष तथा सारजाह क्षेत्रीय अध्यक्ष मनोज प्रसाद श्रेष्ठ ,केन्द्रिय कार्यवाहक महिला प्रमुख नविना शाक्य , संरक्षक, सल्लाहकार तथा भुपु अध्यक्ष प्रमोद श्रेष्ठ तथा सदस्य सचिब केन्द्रीय महासचिब कुमार बलामीको संयन्त्र गठन गरी जम्मा रु ५५,६००।- रुपैंया संकलन गरी निज को स्वास्थ्य उपचारार्थ हाल नेपालमा रहेका प्रतिनिधीहरु नेवा: पुच: युएई का केन्द्रीय सदस्य एवम खेलकुद संयोजक रबि शाही, तथा सल्लाहकार प्रविणकाजी श्रेष्ठ को टिम मार्फत बिरामी लाई भेटी उक्त रकम हस्तान्तरण गरेको छ। प्रवासमा रहेर पनि आफ्नो कला, भाषा र संस्कृतिको संरक्षण गर्दै बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै स्वदेश तथा विदेशमा सामाजिक कार्य गर्दै आएकोमा, यस अन्तर्गत भैपरी आएको बेलामा प्राकृतिक प्रकोप जस्तै बाढी,पहिरो, भुकम्प तथा अन्य आपत बिपतमा भौतिक सहयोग गर्दै आएको हो । युएईमा पनि आपत बिपत परेका ब्यक्तिहरुको समस्यामा नेवा: पुच: युएईले यो भन्दा पहिला पनि धेरै पटक सहयोग गरी सामाजिक कार्यहरुमा सबै सँग हातेमालो गर्दै सक्दो उद्धार तथा सहयोग गर्दै आएको छ । राम्रो कामको लागी सबै नेपालीहरु एकजुट भएर खुल्ला मनले सहयोग गरेकोमा खुशी व्यक्त गर्दै, सम्पुर्ण सहयोगी हातहरुलाई नेवा: पुच: युएई तथा नेपाल आदिवासी जनजाती महासंघ युएईका महासचिब कुमार बलामीले हार्दिक आभार ब्यक्त गरेको जानकारी गराएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...