भारतद्वारा लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रम,फलेन्द्र बलाम्पाकी मगर ।

अन्य

भारतद्वारा लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रम,फलेन्द्र बलाम्पाकी मगर ।
नोबेम्बर ८ फलेन्द्र बलाम्पाकी मगर: - भारत द्वारा लिपुलेक हाम्रो हो , लिम्पियाधुरा र कालापानी हाम्रो हो , भारतिय विस्तारवाद मुर्दावाद । सन १८१६ को सुगौली सन्धि पछि विभिन्न कालखण्डमा खुला सिमाना भएकै कारणले । भारतले नेपाल का विभिन्न भु-भागमा सिमा मिच्दै आएका छन । यो अन्तर्राष्ट्रिय परराष्ट निति को ठाडो उलंघन हो । १८६१ मा भारत र चिनले दुई देशिय सम्झौता गरेर भारतीय अतिक्रमणलाई समर्थन गर्दै नेपाली स्वाभिमानमाथि चोट पुर्‍याएको छ । यसरी दुवै मित्र राष्ट्रहरूले मिली नेपालको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतामा प्रस्ट आँच पुग्ने गरी गरिएको सम्झौता , सहमति अत्यन्त दु:खद् छ । त्यसैले नेपालको राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्दै उपरोक्त सम्झौता खारेज गर्नुपर्छ । नेपालका राजनीतिक दलहरूले यो गम्भीर विषयमा केन्द्रित भएर सरकारको ध्यानाकर्षण गराउनुपर्छ  र सरकारले लिपुलेक सम्झौता खारेज गर्न दुवै मित्र राष्ट्रहरूसँग प्राविधिक, राजनीतिक, प्रशासनिक र कूटनीतिक सबै स्तरबाट परिचालित हुनुपर्दछ । अहिलेसम्म फेला परेका प्रमाणहरूले लिपुलेक मात्र नभएर महाकालीको उद्गम बिन्दु लिम्पियाधुरा हो भन्ने पुष्टि गरेको छ । यसबाट कालापानीको ६२ वर्ग किमि क्षेत्र त नेपालको हुँदै हो , थप लिम्पियाधुरा सम्मको करिब ३ सय १० वर्ग किमि समेत नेपालकै देखिन आएको छ । सन् १८१६ को सुगौली सन्धिपछि नजिकै बनेका सन् १८२१, सन् १८३०, सन् १८३५, सन् १८४१ र १८४६ का पुराना नक्साहरूमा कालापानी नेपालको सीमाभित्र र लिम्पियाधुराबाट उत्पन्न भएको नदीलाई महाकाली नदी लेखिएको तथ्य सार्वजनिक भइसकेको छ । १८७९ को हाराहारी र पछि प्रकाशित नक्साहरूमा त्यही महाकालीलाई कुटियाङ्दी भनेर लेखिएको छ भने भारतले कालापानीको दक्षिणमा कृत्रिम पोखरीबाट निस्केको भंगालोलाई महाकाली भनेको छ । तर, पुराना नक्साहरूमा त्यो कृत्रिम कालीनदी अंकन गरेको देखिँदैन । कारगिलको विषयलाई लिएर जम्मुकाश्मिर माथी भारतीयको चेतना जाग्छ, उसको हृदय राष्ट्रवादको भावनाले उत्प्रेरित बन्छ तर ५३ वर्ष अघिदेखि । हाम्रो अक्षुण भूमिमा विदेशी सेनाले बुट बजारी रहदा कुनै पनि सरकारले पहलकदमि काम गरेनन । हामी स्वाभिमानी नेपालीहरू पनि आफ्नै मुलुकको भूमि हडप्ने भक्त छन् भनेर देखाउने चाहेनन् । जम्मुकास्मिर–कारगिलको अघोषित युद्धबाट मातृभूमिप्रतिको श्रद्धा पुष्टि गर्न सफल भारतले कालापानीको सम्बन्धमा नेपाली पनि आफ्नो भूमिलाई उत्तिकै श्रद्धा गर्दछन् भन्ने बुझ्नुपर्छ । आफ्नो औंला को नङ काटदा दुख्ने भारतले । अर्काको हातै काटेर लिन्छु भनेर जबर्जस्ती कालापानी मा सैन्य क्याम्प खडा गरेर । नेपाल को मानसरोवर हिमश्रींखला र पर्यटकीय क्षेत्रहरू कब्जा गरे्र बस्नु । धार्मिक र मनमोहक पर्यटकीय उदगम भुमी हरु भारतले फिर्ता गर्न को वास्ता नगरे नेपालले अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढक्याउन समेत सरकारले हिच्किचाउनु हुँदैन ।नेपालको सीमा रेखालाई नक्सा फिँजाएर होस् या सन्धि तेर्साएर , इतिहास केलाएर होस् या जलाधर क्षेत्र पहिल्याएर किन नहोस् सदैव सुरक्षित राख्न सक्नुपर्छ । फोनिज युएई महासचिव फलेन्द्र बलाम्पाकी मगर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...