मुस्ताङ्गमा भारी हिमपात पछी बढेको चिसोले जनजीवन कष्टकर |

अन्य

मुस्ताङ्गमा भारी हिमपात पछी बढेको चिसोले जनजीवन कष्टकर |
माघ १२ पोखरा :-मुस्ताङमा पुनः भारी हिमपात भएको छ ,यसबाट बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा एक फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ । लोमानथाङ गाउपालिका, लो घेकर दामोदरकुन्ड गाउँपालिका र थासाङ गाउँपालिकामा सञ्चार अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जोमसोमले जानकारी दिएको छ । चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको जोमसोमका बासिन्दा देउबहादुर विकले बताए । स्थानीयबासिन्दा घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...