कोरोनाको कहरमा पोखरामा गोर्खाजको सहयोग ।
स्थानीय
यस्तै गरी गोर्खा कोभिड १९ राहत कोषका तर्फबाट मंगलवार पोखरा वडा नं।९ र १० का ९० जनालाई राहत खाद्यान्न प्याकेज, पोखरा १४ मझेरीपाटनस्थित हिमालय गल्फ कोर्षका ३६ जना कामदारहरुलाई राहत वितरण गर्ने कार्यक्रम रहेको संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो। वडा नं। ९ का विपन्न तथा गरिब मजदुरहरुलाई न्युरोडस्थित गोर्खा एण्ड बराह ज्वेलरीमा, वडा नं।१० को बुद्धचोकस्थित द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि।को कार्यालयमा राहत वितरण गरिने भएको छ भने गल्फकोर्षका कामदारहरुलाई मझेरीपाटनस्थित हिमालय गल्फ कोर्षमा नै राहत वितरण गर्ने कार्यक्रम रहेको संयोजक मेजर गुरुङले जानकारी दिनुभयो।
राहत सहयोग तथा वितरणका लागि गोर्खा कोभिड १९ राहतकोषमा हालसम्म २ लाख ८५ हजार १०६ रुपैया संकलन भएको संयोजक गुरुङले बताउनुभयो। 
