किरातीहरुको राष्ट्रिय महान चाड यलेदोङ्ग २०७९ ,उभौली पुजाको लागी कलाकारहरु इजरायलमा।

मूलबासि /भूमिपुत्र

किरातीहरुको राष्ट्रिय महान चाड यलेदोङ्ग २०७९ ,उभौली पुजाको लागी कलाकारहरु  इजरायलमा।
मे १७ तेल अभीव :- किरात राई यायोक्खा नेपाल इजरायलद्वारा मूल बासी किराँतीहरुको आफ्नो मौलिक राष्ट्रिय महान चाड यलेदोङ २०७९ को उभौली प्राकृतिक पुजा आउदो मे १७ सांझ शुक्रबार ''बिस्वका राई किरातहरु एक हौ ,आफ्नो भेष ,भुषा,भाषा लिपी धर्म कला र संस्कृती सरक्षण ,र सम्बर्दन गरौ''भन्ने मूल नाराका साथ तेल अभीव स्थित याद्खारुचिम १५ EVE पार्टी प्यालेसमा भब्य रुपले मनाउने भएको छ।सो कार्यक्रमको लागी आमन्त्रित कलाकारहरु शम्भु राई तथा ब्रबिम लिम्बु इजरायल आईसक्नु भएको छ । किरातहरुको राष्ट्रिय चाड साकेला सिली उभौली र उधौली गरी बर्षको २ पटक मनाउने गर्दछ ।हरेक बर्षको मङ्सिर महिनाको पुर्णिमा उधौली र बैशाख महिनाको पुर्णिमामा उभौली साकेला मनाउने गर्दछ ।उभौली साकेलामा किरातीहरुले प्राकृतिक पुजा गरेर मनाउने गर्दछ ।हरेक बर्ष उभौली साकेलामा प्राकृतिक पुजा गर्दा अन्न बाली बिउबिजन लगायत छरपाउ गरेको अन्नबालीहरु राम्रो संग फलोस फुलोस बर्ष भरि खाना पुगोस ,भनेर आफ्नो पिता पुर्खाहरुलाई वर् माग्ने गर्दछ । कार्यक्रममा मनोरंजनको लागी नेपालबाट आमन्त्रीत ख्याती प्राप्त कलाकार ,गायकहरु र संगीतकारहरु शम्भु राई र ब्रबिम शेर्मा लिम्बु आउनु हुने भएको छ साथै किरात राईहरुको पहिचान झल्किने विभिन्न कार्यक्रमहरु रमाइलो प्रस्तुतीहरु संगै हुने सो कार्यक्रममा उपस्थित भई दिनको लागी किरात राई यायोक्खाले हार्दीक अनुरोध गरेको छ । । यलेदोङ २०५९ को उभौली प्राकृतिक पुजा

आयोजक :-किरात राई यायोक्खा नेपाल इजरायल स्थान :- यादखारुचिम पार्टी प्यालेस, तेल अभीव मिति :- आज १७/०४/२०१९ समय :- ७ बजे बेलुकी


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...