काठमाडौँको एक सुधार गृहबाट २१ जना व्यक्ति उद्दार |

अपराध

काठमाडौँको एक सुधार गृहबाट २१ जना व्यक्ति उद्दार |
मंसीर २२ काठमाडौँ :-प्रहरीले काठमाडौं महानगरपालिका–४ सुकेधारामा ट्रान्सफरमेशन नेपाल नामक सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाण्डौले बिहिबार सुधार गृहमा छापा मारेर अमानवीय ब्यबहार गर्दै यातना दिई राखिएको अवस्थामा २१ जनाको उद्दार गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका एसपी अशोक सिंहले जानकारी दिए । सुधार गृहको यातना खप्न नसकेर भागेका व्यक्ति तथा परिवारका सदस्यहरुको उजुरीको आधारमा उनीहरुको उद्धार गरि सुधार गृहका सञ्चालक रुपन्देही सिद्धार्थ नगरका सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पक्राउ गरिएको एसपी सिंहले पोखरा न्यूजलाई बताए । लागूपदार्थ दुर्व्यसनीमा फसेकाहरुलाई सुधार गर्नका लागी खोलिएको सुधार गृहमा अभिभावकलाई भेट्न नदिने, शारिरीक तथा मानसिक यातना दिने, खानपिन र शौचालयको सुविधाबाट बंञ्चित गर्ने जस्ता अमानविय व्यवहार हुदै आएको अनुसन्धान पछी खुलेको उनले बताए । सुधार गृह संचालक घिमिरेले व्यक्ति हेरेर मासिक ३५ हजार देखि ५० हजारसम्म एक व्यक्तिको परिवारबाट लिने गरेको पाइएको पनि एसपी सिंहले जानकारी दिए । सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ व्यक्ति भागेर महानगरीय प्रहरी परिसरको सम्पर्कमा आएर संचालकलाई कारवाही तथा सुधार गृहमा रहेकालाई उद्धार गरी पाउँ भनि दिएको निवेदनका आधारमा २१ जनालाई उद्धार गरि परिवारको जिम्मा लगाइसकिएको एसपी सिंहको भनाई छ । एसपी सिंहका अनुसार पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको दफा १६८ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।एसपी सिंहले यसअघीकास्की प्रहरी प्रमुखका रूपमा रहेर पोखरामा शान्ति–सुरक्षा कायम गर्ने, जुवातास र गुण्डागर्दी नियन्त्रणमा प्रशंसनीय कार्य गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...