स्यांग्जामा एक किशोरीलाई बलात्कार गर्ने ४ जना युवा प्रहरी फन्दामा |

अपराध

स्यांग्जामा एक किशोरीलाई बलात्कार गर्ने ४ जना युवा प्रहरी फन्दामा |
माघ ३ पोखरा :- १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय स्यांग्जाले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा तनहुं शुक्ला गण्डकी नगरपालिका–४ बस्ने प्रशान्त थापा, विजय श्रेष्ठ, अन्जन श्रेष्ठ र बिक्रम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट गएको प्रहरी टोलीले पीडित किशोरीको उद्दार गरी उनीहरूलाई पक्राउ गरेको हो । आरोपी समूहले प्रयोग गरेको ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्बरका मोटरसाइकल समेत प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए ।बालिकालाई करकापमा पारेर डरधम्की देखाइ पालैपालो जवरजस्ती करणीपछि भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ । आरोपित प्रशान्त थापाले किशोरीलाई फोन सम्पर्क मार्फत प्रलोभनमा पारि स्याङ्जाको बिरुवा गाउँपालिका–५ स्थित छेउडाँडा भन्ने स्थानमा बोलाएर ३ जना साथी बोलाइ मंगलबार राति सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न चारै जनालाई कारबाही प्रकिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...