बृहत तमु फो ल्होसार २०७५ घोषणा – पत्र ,पोखरा जारी गर्दै जिल्ला अध्यक्षहरुको भेला सम्पन्न |
मूलबासि /भूमिपुत्र
नेपालको पूर्वमा ताप्लेजुङ तथा पश्चिमको कन्चनपूरदेखि सहभागी तमु प्येताँ ल्हुताँबादी तमुहरु नेतृत्वहरुको पोखरामा बिहीवार बसेको भेलाबाट पोखरामा पुस १२ देखि १६ गतेसम्म ल्होसार महोत्सवको आयोजना गरिने भएको छ ।
कार्यक्रममा मौलिक संस्कृति झल्किने विभिन्न प्रस्तुतिहरु प्रदर्शन गर्ने गराउने, खेगी पुरोहितद्वारा तमु प्ये ताँ ल्हु ताँ सम्वन्धि प्रवचन दिई संस्कार संंस्कृति बारे स्पष्ट पार्ने, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । साथै विभिन्न जातजाति तथा समुदायप्रति सद्भाव तथा सहिष्णुता कायम गर्ने वातावरण सृजना गर्दै आफनो मौलिक संस्कार संस्कृति अपनाउने, तमु जातिको मौलिक पहिचान प्रदर्शन गर्ने र परिचित गर्ने गराउने ,बृहत तमु फो ल्होसार महोत्सव २०७५ मनाउन पारित गरिएको निर्णयलाइ कार्यान्वयन गर्ने गराउने, तमु प्ये ल्हु संघको व्यापक प्रचार प्रसार गर्दै संघको उद्देश्य पूरा गर्ने गराउने उल्लेख गरिएको छ ।
कास्की, स्याङ्जा, रुपन्देही, नवलपरासी, चितवन, तनहुँ, ताप्लेजुङ, मोरङ, रोल्पा, बर्दिया, लमजुङ, गोरखा, तेह्रथुम, संखुवासभा, म्याग्दी,काठमाडौ र कन्चनपूर शाखाका जिल्ला अध्यक्ष एवम् सचीव तथा प्रबाशबाट हङकङ अध्यक्ष मनबहादुर क्रोम्छे तमु साथै अमेरिका न्यूयोर्क अध्यक्ष मिलन क्होला तमु लगायतको उपस्थिति रहेको थियो ।
भेलाले मूल आयोजक समिति एवम् संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुको संयोजकत्वमा सबै भातृ सस्थाहरु र जिल्ला तथा प्रबास शाखाहरु सदस्य रहने गरि मुलसमिति र विभिन्न उपसमिति समेत गठन गरेको छ । तमु फो ल्होसारको अवसरमा रक्तदान, झाँकी, तमु भाषामा कबिता तथा मुक्तक वाचन, लोक तथा मौलिक साँस्कृतिक प्रस्तुती, धार्मिक पुजा तथा प्रबचन, खेलकुद, डकुमेन्ट्री प्रदर्शन एबम फोटो प्रदर्शनी लगायतको कार्यक्रम रहेकोे आयोजकले बताएको छ ।
ल्होसार महोत्सव बृहत रूपमा सम्पन्न गर्नका लागि हरेक जिल्ला शाखाहरुले आर्थिक नैतिक रूपमा सहयोग गर्नुका साथै तमु जातिको मौलिक सस्कृती झल्किने खालको विभिन्न सास्कृतिक कार्यक्रमहरु सहित बृहत सहभागिता जनाउने प्रतिबद्धता जाहेर गरेको झाकी ब्यबस्थापन उप समितिका संयोजक ओमबहादुर थिम्जे तमुले बताउनु भयो । 
