बिप्लव माओबादीले भारत सीमामा काँडे तार लगाए |

राजनीति

बिप्लव माओबादीले भारत सीमामा काँडे तार लगाए |
माघ ७ काठमाडौँ :-नेपाल भारत सीमा क्षेत्र स्थित चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले काँडे तार लगाएको छ । पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) को टोलीले करिब तीस मिटर सिमानामा काँडे तार लगाएको हो । १९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौंताहरु खारेजीको माग गर्दै टिस्टादेखि काँगडासम्म सीमा व्यवस्थित गराउन विप्लव माओवादीले माग गरेको छ । राष्ट्रियता र जनताको जनजीविकाको पक्षमा विप्लव माओवादीले आवाज उठाउँदै आएको भन्दै केन्द्रीय सदस्य कृष्ण अधिकारीले नेपालको सीमा रक्षाको लागि जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको बताए । माडी नगरपालिका–५ सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको सुरुवात गरिएको अखिल –क्रान्तिकारी) केन्द्रीय महासचिव प्रकाश शाहीले बताए । नेपाली झन्डासहित काँडे तार लगाएर सरकार र भारतलाई खबरदारी गरेको उनले जानकारी दिए ।विप्लव माओवादी माडी नगरपालिकाका इन्चार्ज टीका न्यौपानेले नेपाल भारत सीमा सोमेश्वर क्षेत्रको दश गजामा सीमा मिचेका कारण काँडे तार लगाएको बताइन् । देशभरका सीमाना मिचिइरहेको बेला सांकेतिक विरोधस्वरुप ३० मिटर सीमानामा काँडे तार लगाइएको उनले बताइन् । नबिन कार्कीको फेसबुकबाट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...