बागलुङ्गमा थप ६ जना कोभिड-१९ संक्रमित पुष्टि ,नेपालमा ७९० संक्रमित।

स्वास्थ्य

बागलुङ्गमा थप ६ जना कोभिड-१९ संक्रमित पुष्टि ,नेपालमा ७९० संक्रमित।
मे २७ बाग्लुङ्ग :-गण्डकी प्रदेशको बागलुङ जिल्लामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।विदेशबाट आएर क्वारेन्टिनमा बसेका ६ जनाका कोरोन भाइरस पुष्टि भएको हो । यद्यपि सरकारी निकायले अहिलेसम्म आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।बागलुङका प्रमुख जिल्ला अधिकारी गाैलाेचन सैंजूले भने पुष्टि गरेका छन् । उनीहरु बडिगाड र तमानखोलाका बसिन्दा रहेकाे सबै जना भारतबाट आएकाे उनले बताएका छन् । संक्रमितहरूलाई बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइँदैछ। उनीहरू भारतबाट आउनेबित्तिकै सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा बसेका थिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ।बुधबार बिहानै हेटौंडाकी २५ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको हो। उनी गत जेठ ९ गते चितवनबाट हेटौंडा पुगेकी थिइन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...