‘आरक्षण बचाऊ आन्दोलन ‘मा राज्यले गरेको दमनको घोर बिरुद गर्दै जनजाती महासंघ इजरायलबाट आर्थिक सहयोग हस्तान्तरण ।
जनजाती बिशेस
विज्ञप्तीमा भनिएको छ, ‘हामी ध्यानाकर्षण गराउन चाहन्छौ, विभेदलाई कायम राखेर राष्ट्रलाई द्वन्द्व र मुठभेटतर्फ धकेल्ने दुस्प्रयास तत्काल बन्द गरियोस् ।’लोकसेवा आयोगले गत जेठ १५ गते संविधानमा भएको समावेशी व्यवस्था विपरीत स्थानीय तहमा ९ हजार १६१ जना कर्मचारी भर्नाका लागि विज्ञापन गरेदेखि नै आरक्षण बचाऔ आन्दोलनको व्यानरमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक लगायत समुदायले आन्दोलन गरिरहेका छन् ।
यसै आन्दोलनमा एक्यबद्दता राख्दै नेपाल आदिबासी महासंघ इजरायलले आरक्षण बचाउ आन्दोलनमा भएको प्रहरी दमन भएको प्रती खेद प्रकट गर्दै आन्दोलनमा घाइते हुनु भएका अध्यक्ष जगत बाराम लगाएत सम्पूर्ण आन्दोलनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामन गर्दै , रु ११११११ (एक लाख ,एघार हजार एक सय एघार ने रु ) सहयोग इजरायल भ्रमणमा रहनु भएका केन्द्रिय उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख गोविन्द छन्त्याललाई सो रकम हस्तान्तरण गरेको नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगरले जानकारी दिनु भएको छ, वहाले सबैले आ-आफ्नो तर्फ देखि सहयोग गर्नको लागि हार्दिक अनुरोध गर्नु भएको छ । 
