आजभोलि केही थान छुटेका यादहरुले सताई रहन्छ |

अन्य

आजभोलि केही थान  छुटेका यादहरुले सताई रहन्छ |
जुलाई २४ रोशनी गुरुङ / पोखरा

ऊ बेला मेरा बाल्यकालका केही थान खुसी बाबाले जोत्दै गरेको खेतको आलीमा छुटेका छन् मेरा किशोर अवस्थाका केही थान उमंग मैले पढ्ने विद्यालय र मैले खेल्ने गरेको चौतारीतिर छुटेका छन् मेरा केही अव्यक्त मुस्कानहरु मेरा बालसाखाहरुसँग उतै छुटेका छन् जीवनमा बाल्यकाल छुटनु भनेको साथ छुटनु जस्तो होइन रहेछ अनि किशोर अवस्था छुटनु भनेको खाँदै गरेको भाग छोड्नु जस्तो पनि होइन रहेछ आजभोलि जीवनमा कसैको मिठो यादहरु छुटेका छन् गहिरो साथहरु छुटेका छन् हाँस्दाहाँस्दै रोएका पलहरु छुटेका छन् रुदारुदै हाँसेका क्षणहरु छुटेका छन्

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...