आफ्नै आमाको हत्या गर्न छोरीले दियो सुपारी, हत्यामा संलग्न चार जना अभियुक्तहरु पक्राउ ।
अपराध
मृतककी छोरी ईश्वरी भट्टराई र अभियुक्त मोहम्मद नौसादबीचको सम्बन्धका बारेमा मृतक साबित्री भट्टराईले थाहा पाएपछि उक्त कुरा बाहिर आउँछ भन्ने डरले ईश्वरी भट्टराईले आफ्नो प्रेमी मोहम्मद नौसादसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने सहमती भएपछि मोहम्मद नौसाद र भोला कुमारले सल्लाह गरेर भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
