पोखरामा बलेरोले ठक्कर दिंदा ड्युटीमा रहेका २ जना प्रहरी मृत्यु।

स्थानीय

पोखरामा बलेरोले ठक्कर दिंदा ड्युटीमा रहेका २ जना प्रहरी मृत्यु।
अगस्ट १९ पोखरा :-पोखरामा मंगलबार राति बोलेरो जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका २ प्रहरीको मृत्यु भएको छ ।मोटरसाइकलमा ड्युटीमा खटिएका क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीलाई मङ्गलवार राति मालेपाटन विश्वास पेट्रोल पम्प अगाडी बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई प्रहरीको मृत्यु भएको हो।दुर्घटनामा वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान पाल्पा रिप्दिकोट गाउँपालिका- ८ का २० वर्षीय चन्द्र बहादुर बगाले र प्रहरी हवल्दार बर्दिया मैनापुर-२ का ३४ वर्षीय डम्बर बहादुर थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलवार राति करिब १ बजे मालेपाटनमा ग २ च २६२६ नम्बरको बोलेरो जिपले प्रहरी सवार रहेको ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले पोखरा न्यूजलाई जानकारी दिए ।ड्युटी मै खटिएका बेला बागलुङ्ग बस पार्कबाट जिरो किमी तर्फ आउदै गरेका उनीहरुलाई सोहि दिशाबाट आएको जिपले ठक्कर दिएको डिएसपी हमालले बताए ।डिएसपी हमालका अनुसार जिपको ठक्करपछि गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा प्रहरी जवान बगालेको राति १:५० मा र प्रहरी हवल्दार थारुको बुधबार दिउसो १२:३० बजे मृत्यु भएको हो ।घटनापछि जिप र जिप चालक धादिङ धुनीबेशी गाउँपालिका-५ घर भई पोखरा -५ बस्ने २३ वर्षीय विशाल केसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...