चितवनमा अज्ञात समुहले विष हलीदिन्दा ८ लाखको माछा मरे |

अपराध

कार्तिक २५ चितवन :- चितवनको राप्ती नगरपालिका–१ पिप्लेमा एक माछापोखरीमा अज्ञात समूहले विष हाँलिदिदा करिब ८ लाख रुपैयाँको क्षति भएको छ ।पिप्लेको ज्योतिनगरमा रत्नबहादुर बर्तौलाको माछापोखरीमा अज्ञात समूहले बुधबार बिहान विष हालिदिएका थिए । ४ कठ्ठा क्षेत्रफलमा रहेको पोखरीमा विष हालिदिदा करिब ८ लाख बराबरको क्षति भएको रत्नबहादुर बर्तौलाले बताए ।माछा पोखरीको छेउमा विषको बट्टा समेत फेला पारेको उनले बताए । बेच्ने तयारी अवस्थामा रहेको माछामा विष हाल्दा ठूलो क्षती भएको हो । उनको पोखरीमा अघिल्लो वर्षपनि अज्ञात समूहले विष हालेर करिब चार पाँच लाखको माछा नष्ट गरिदिएका थिए । त्यसबेला पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको र यसवर्ष पनि आफ्नो पोखरीमा विष हलिएकोले दोषीलाई पक्राउ गरि कारबाही गर्न उनले माग गरे । उनले कुकुरको प्रयोग गरेर भएपनि दोषी पत्तालगाउन प्रहरी र प्रशासनलाई अनुरोध गरेका छन् । प्रारम्भीक अनुसन्धानमा माछापोखरीमा विष हलिएको खुल्नमा आएकोेले थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ । प्रहरीले माछापोखरीको पानीको नमूना समेत संकलन गरेर जाँच गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...