आज देखि मुग्लिन नारायणगढ सडक खण्ड दैनिक ६ घण्टा बन्द हुने |

अन्य

आज देखि  मुग्लिन नारायणगढ सडक खण्ड  दैनिक ६ घण्टा बन्द हुने |

मार्च ३ काठमाडौँ :-तिब्र रुपमा निर्माणको काम चलिरहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक ६ घण्टा बन्द हुने भएको छ । बिहीबार र शुक्रबार २४ सैं घण्टा गाडी चलाउन दिइएको यो सडकखण्डमा आजदेखि भने बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको सडक विस्तार आयोजनाले जनाएको छ ।

नारायणगढबाट मुग्लिन छिर्ने गाडीलाई भतेरी जंगलमा, काठमाडौंबाट छिर्नेलाई लेवाटारमा र पोखराबाट छिर्नेलाई आँबुखैरेनीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ । सडकको १६ किलोमिटर, घुमाउने, चेपाङ डाँडालगायतका ठाउँमा पहाड काट्न गाडी चलाउन रोक लगाइएको हो |बिहान १० बजेदेखि गाडी रोकिने भएकाले तोकिएको समयमा यो सडक पार गर्न चालकले अनियन्त्रित रुपमा गाडी चलाउने गरेको यात्रुले गुनासो गरेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...