भदौ ६ गते सुदूर पश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइने ।

अन्य

भदौ ६ गते सुदूर पश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइने ।
अगस्ट २१ काठमाडौँ :- भदौ ६ गते शुक्रबारका दिन सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति निकालेर ‘गौरा पर्व’को अवसरमा आगामी शुक्रबार सार्वजनिक विदा दिने घोषणा गरेको हो ।मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमूदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत व्यक्त गरेको छ ।सुख, पति, पुत्र प्राप्तीका लागि माङ्गलिक कामना गर्दै मनाइने गौरा पर्व मङ्गलबारदेखि सुरु भएको छ । गौरालाई सुदूरपश्चिम प्रदेशभरि धुमधामका साथ मनाइने गरिन्छ । योसँगै गौरा पर्वको अवसरमा यही भदौ ६ गतेका दिन कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा दिइएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...