शेर्पा संघ इजरायलद्वारा नेपाल शेर्पा संघकाे भवनकाे लागि २२ लाख १ रुपैयाँ सहयोग हस्तान्तरण |
जनजाती बिशेसअक्टुबर १३ इजरायल :-कला, भाषा , धर्म , संस्कृति भनेकाे कुनै पनि जाति तथा समुदायको पहिचान हाे त्यसैले शेर्पा समुदायको अाफ्नाे कला, भाषा, धर्म ,संस्कृतिलाई संरक्षण र सम्बर्द्धन साथै शेर्पा समुदायको हितकाे लागि र देश बिकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित नेपाल शेर्पा संघकाे कार्यलय बिगत लामाे समय देखि लाखौं भाडा तिरेर बस्दै अाइरहेकाे हुनाले बर्तमान कार्यसमितिले अब यस समस्यालाई समाधान गर्नुपर्छ भनी भवन खरिदकाे लागि यस कार्यलाई अगाडि बढाउनु भइ प्रवास शाखा तथा बिदेशमा स्थापित शेर्पा संघ तथा किदुगहरुलाई पनि सहयाेगकाे अपिल गर्नुभएको थियाे।
त्यसैले सम्पूर्ण शेर्पा समुदायको हितकाे लागि नेपाल शेर्पा संघले भवन खरिद गर्न लागिएकाे हुनाले शेर्पा संघ इजरायलकाे पहलमा सल्लाहकार दावाछिरीङ शेर्पाकाे संयाेजकत्वमा अगस्ट महिना भरि सहयोग संकलन अभियान चलाई इजरायलबाट २२ लाख १ रुपैयाँ सहयोग संकलन गरि नेपालमा बिश्व शेर्पा सम्मेलनमा हस्तान्तरण गरिएको निबर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार अाङछिरी शेर्पाले फिष्टेल न्युजलाइ जानकारी दिनुभएको छ।
उक्त रकम यहि अक्टोबर ८ तारिख काठमाडौँको होटेल रेडिएसनमा बिश्व शेर्पा सम्मेलनमा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउबाकाे प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त रकम अाधिकारिक रुपमा सम्बन्धित ठाउँ र सम्बन्धित ब्यक्तिलाई शेर्पा संघ इजरायलका बरिस्ठ सल्लाहकार छिरिङ शेर्पा ज्युबाट हस्तान्तरण गरिएकाे जानकारी दिनु भयाे। त्यसैले यस सहयोग रकमलाई सम्बन्धित ठाउँमा पुर्याइ सहयोग गरिदिनु हुने सल्लाहकार छिरिङ शेर्पा र इजरायलका सम्पूर्ण सहयोगी मनका धनीहरुलाई निवर्तमान अध्यक्ष शेर्पाले हृदय देखि नै धेरै धेरै धन्यवाद ब्यक्त गर्नुभएको छ।
साथै शेर्पाले सम्पूर्ण देश बिदेशमा रहनु भएका दाजुभाइ तथा दिदिबहिनीहरुले अाफ्नाे समुदायको हितकाे निम्ति र देश बिकासकाे निम्ति एकअापसमा हातेमालो गर्दै ज जसले के कस्तो सहयोग र याेगदान अाफ्नाे समुदाय र देशका निम्ति गर्न सकिन्छ प्रवास मै बसेर पनि गर्नुपर्छ याे हामी हरेक देशमा सच्चा नागरिकको कर्तव्य र जिम्मेवारी रहेकाे पनि शेर्पाले जानकारी दिनु भयाे।