देशको विभिन्न भागमा हिंसाका घटना ,सुरुक्षा चुनौती बढ्दो ।

अन्य

नवेम्बर १७ काठमाडौँ :- नेपाल प्रहरीले शनिबार रौतहट, तनहुँ र भोजपुरका विभिन्न स्थानमा बम विस्फोटनका घटना भएको जनाएको छ।कुनै स्थानमा चुनावी प्रचारप्रसारको कार्यक्रमस्थल नजिक बम विस्फोट भएको बताइएको छ।कतै भने उम्मेदवारहरु चढेको सवारी साधनलाई लक्षित गरेर बम प्रहार गरिएको छ ।

रौतहटको चन्द्रपुरमा वाम-गठबन्धनले आयोजना गरेको संयुक्त वडा भेला नजिकै बम विस्फोट हुँदा सात वर्षिय बालकसहित आठ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।रौतहटका प्रहरी नायब उपरीक्षक रामकुमार दानीका अनुसार सरकारी अस्पताल नजिक रहेको राधाकृष्ण मन्दिरमा भेला सकिएर सहभागीहरु बाहिरिए लगत्तै विस्फोट भएको थियो ।

घटनामा गम्भीर घाइते भएका चिया पसले ३१ वर्षिया सरिता राई र उनका ७ वर्षिय छोरा जैविक राईलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको डीएसपी दानीले जनाए ।घाइते अन्य छ जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...