कोरोना जितेकी विपन्न युवतीको मेयरद्वारा अभिभावकत्व ग्रहण

अन्य

कोरोना जितेकी विपन्न युवतीको  मेयरद्वारा अभिभावकत्व ग्रहण
१३ भदौ, काभ्रे । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना कोरोना संक्रमण जितेर घर फर्किएकी युवतीको अभिभावक बनेका छन् । १७ बर्षिय युवतीको शिक्षाका लागि लाग्ने सम्पूर्ण खर्च आफुले ब्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेका हुन् । सामान्य ज्वरो आई अस्वस्थ भए पछि स्थानीय मेडिकल हुँदै बनेपा र धुलिखेल अस्पतालमा उपचार गराईरहेकी नमोबुद्ध नगरपालिका ५ की युवतीमा साउन ३१ गते संक्रमण पुष्टी भएको थियो । विहिबार भाद्र ११ गतै संक्रमण मुक्त भई घर गएकी युवतीलाई थप हौसला प्रदान गरी बाँकी अवधीको शिक्षाका लागि नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । नगर प्रमुख तिमल्सिनाले युवतीको स्नातक तहसम्मको शिक्षाका लागि व्यक्तिगत तर्फबाट खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेका हुन् । वडाअध्यक्ष बुद्ध सिंह तामाङसँगै किशोरीको घरमा पुगेका तिमल्सिनाले किशोरीको परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाए पछि आफ्नै खर्चमा स्नातकसम्म पढाउने निर्णय गरेका हुन् । किशोरी अहिले कक्षा १२ मा अध्ययनरत छिन् । उनको परिवारमा ६ जना छन् भने परिवारको आर्थिक अवस्था कमजोर रहेको छ । उनका पिता सामान्य खेती किसानी गरेर परिवार चलाउँदै आएका छन् । देशका विभिन्न स्थानमा कोरोना संक्रमितमात्रै नभई उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी माथि समेत दुव्र्यवहार भइरहेका बेला किशोरी र उनको परिवारको हौसला बढाउन तिमल्सिना किशोरीको घरमा पुगेर अभिभावकत्व ग्रहण गरेको बताए । नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाले विगतदेखि नै व्यक्तिगत तर्फबाट विपन्न र जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग गर्दै आएका छन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले बुधबार १ लाख रुपैयाँ भन्दा बढी रकम विद्यार्थीहरुको शिक्षाका लागि प्रदान गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...