फेवाताल र बेगनासतालमा २ जना मृत अवस्थामा फेला ।

अन्य

फेवाताल  र बेगनासतालमा २ जना मृत अवस्थामा फेला ।
जुन ६ पोखरा :-कास्की पोखराको फेवाताल र बेगनासतालमा दुई जना मृत फेला परेका छन् ।बेगनासतालमा हाल सम्म नामथर वतन नखुलेको अन्दाजी वर्ष ६०।६५ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको । त्यसैगरि आज नै गौरीघाट स्थित रत्न मन्दिरको गेट अगाडी फेवातालमा सिन्धुपाल्चोकको बाणें गाँउका अन्दाजी वर्ष २७ को थबिन्द्र कोईराला मृत अवस्थामा फेला परेका छन् । दबै घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...