नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ले ७७ जिल्लाका इन्चार्जको टुंगो लगायो ।

राजनीति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ले ७७ जिल्लाका इन्चार्जको टुंगो लगायो ।
जुलाई २१ काठमाडौं :-नेपाल क्म्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पूर्व -सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहेका छन् ।  महत्वपूर्ण विभाग शीर्ष नेतालाई दिने समझदारी नेकपाभित्र बनिसकेको छ। संगठन विभागको प्रमुखमा वामदेव गौतम, विदेश विभागको जिम्मेवारी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले पाउने लगभग पक्का भइसकेको नेताहरुले बताएका छन्, आर्थिक विभाग, स्कुल र प्रचार विभागको भने टुंगिन बाँकी छ। स्कुल विभागमा तत्कालीन एमालेका ईश्वर पोखरेल र माओवादी केन्द्रतर्फका नारायणकाजी श्रेष्ठको दाबी रहेको स्रोत बताउँछन्। आर्थिक विभागमा महासचिव विष्णु पौडेल आकांक्षी देखिएका छन् भने प्रचार विभागमा माओवादी पक्षले लिने समझदारी भएको छ। प्रचारमा नेतृ पम्फा भूसाल अघि सर्ने देखिएकी छन्। नेकपाको ३२ विभाग रहनेछन्। पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा विभाग लिने समझदारी भइसकेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...