दश बर्षे जनयुद्दको बाटोमा नेपाली राजनिती विप्लव कार्यकर्ताले यात्रुबाहक बसमा आगजनी ।

राजनीति

दश बर्षे जनयुद्दको बाटोमा नेपाली राजनिती  विप्लव कार्यकर्ताले यात्रुबाहक बसमा आगजनी ।
मे २७ सुर्खेत:- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन् । विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेकाे जिल्ला प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री जानकारी दिनुभयाे । उनीहरू हतियारसहित आएका समेत उहाँले बताउनु भयाे ।क्षेत्रीका अनुसार आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...