संगीतकर्मी श्रीमान थुलुङ्गको स्कुटर दुर्घटनामा मृत्यु ।

अन्य

संगीतकर्मी श्रीमान थुलुङ्गको स्कुटर दुर्घटनामा मृत्यु ।
अप्रिल ११ पोखरा :- संगीतकर्मी श्रीमान् (थुलुङ) राईको दुर्घटनामा ज्यान गएको छ । बुधवार राती करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको दुर्घटनामा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएको थियो । स्कुटर दुर्घटनापछि उनी नहरमा खसेको र पानीको भेल ठूलो भएकाले बगाएको बताइएको छ । साढे ९ बजे नहरमा खसेका उनी करिब एक घण्टा पछि साढे १० बजे दुईकुलाको मुहानमा भेटिएका थिए । उनलाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरे । स्कुटरमा सँगै रहेकी उनकी श्रीमति भने सकुशल छिन् ।५० बर्षीय थुलुङ सोलुखुम्बुबाट २०५४ सालमा उनी पोखरा छिरेका थिए । सुरुमा रेष्टुरेन्टमा गीत गाएर गुजारा चलाउने उनी संगीतकार नवराज बरालसँगको भेटपछि संगीत प्रशिक्षकका रुपमा काम गर्न थाले । उनले स्थानीय सयपत्री संगीत प्रशिक्षण केन्द्रमा ९ बर्ष संगीत प्रशिक्षकका रुपमा काम गरे । त्यसपछि आफ्नै तराना म्युजिक सेन्टरको स्थापना गरे ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...