आदिबासी जनजाती महासंघ जापानले ४ नम्बर प्रदेशको नाम ”तमुवान -मगरात ”राख्न माग |

अन्य

आदिबासी जनजाती महासंघ जापानले ४ नम्बर प्रदेशको नाम ”तमुवान -मगरात ”राख्न माग |
जुलाई १६ काठमाडौँ :- आदिवासी जनजाति महासंघ (नेफिन) जापानले ४ नम्बर प्रदेशको नाम ‘तमूवान–मगरात’ राख्न माग गरेको छ ।प्रदेशसभाले प्रदेश नं. ४ को नामांकन आदिवासी जनजाति समुदायको पहिचान विपरीत राखेको भन्दै महासंघले सो माग गरेको हो । महासंघद्वारा जारी विज्ञप्तिमा संविधानको धारा २५९ (२) बमोजिम प्रदेशको नामांकन प्रदेशसभाद्वारा गठित समितिको प्रतिवेदनअनुसार ‘तमूवान–मगरात’लाई लत्याएर प्रदेशको ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने नियतले ‘गण्डकी प्रदेश’ घोषणा गरिएको उल्लेख छ । प्रदेश नं. ४ आदिवासी समुदाय गुरूङ र मगर जातिको बाहुल्यता भएको क्षेत्र भएकोले आदिवासी जनजाति समुदायको पहिचान कायम हुने गरी नामांकन गरिनुपर्ने महासंघले मागसमेत गरेको छ । ऐतिहासिक भूमि तमूवान–मगरातको सभ्यतालाई अलग्याउनु लोकतन्त्र, धर्म निरपेक्षता, संघीयता र आदिवासीहरूको भाषिक, सांस्कृतिक, सामाजिक, धार्मिक तथा राजनीतिक अधिकारमाथि कुठाराघात भएको महासंघले आरोप लगाएको छ । आदिवासी जनजाति समुदायको भावनाको कदर हुने गरी तत्काल ‘तमूवान–मगरात प्रदेश नामाकरण गर्न पनि महासंघले माग गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...