पोखराको पालिखे चोक फराकिलो बन्ने ,चार दशक पछि महानगर पालिका सफल |

अन्य

पोखराको पालिखे चोक फराकिलो बन्ने ,चार दशक पछि महानगर पालिका सफल |
श्रावन १० पोखरा :-धेरै बर्ष देखी पुरा हुन नसकेको पोखराको पालिखेचोक फराकिलो वनाउने कार्यले अव मूर्त रुप लिने भएको छ ।पटक पटक सडक मापदण्ड कार्यान्वयन गरि वाटो फराकिलो वनाउन नगरपालिकालाई दवाव परेपनि वल्ल आएर काम सम्पन्न हुन लागेको छ । सडक मापदण्डभित्र परेको वसन्त उदास, प्रदीपशंकर पालिखे, कृष्णमान श्रेष्ठ र किशोरादेवी श्रेष्ठको घर तथा जग्गाको मापदण्ड लागु गरेर सडक चौडा वनाउन महानगरलाई धेरै संघर्ष गर्नु परेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरुमा असार १४ गते १५ दिन र पछि थप एक साताको समय दिएर अधिग्रहण गर्नुपर्ने जग्गाका जग्गाधनीहरुलाई मुआव्जा वुझ्न आउन दिएको समयसिमाको अन्तिम दिन विहीवारसम्म वसन्त उदास र प्रदिपशंकर पालिखेले मुआव्जा वापतको रकम महानगरवाट वुझेका छन् । उदासले ७२ लाख ७२ हजार जग्गा वापत र ४ लाख ११ हजार ५२ घरवापत मुआव्जा वुझे । उनको ६०.६० वर्गमिटर जग्गा तथा कच्ची घर अधिग्रहण गर्नुपर्ने थियो । त्यस्तै अर्का जग्गाधनी प्रदीपशंकर पालिखेले(३३.८०) ४१ लाख ५२ हजार जग्गा वापत तथा ४ लाख ६८ हजार ९१ रुपैयाँ घरको वापत मुआव्जा वुझेको महानगर स्रोतले वतायो । त्यस्तै किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठले पनि मुआव्जा वझ्नको लागि आज अन्तिम समयमा आएर निवेदन दिएका छन् । मुआव्जा वुझेका प्रदीपशंकर पालिखेले आफुहरु विकासमा वाधक नवनिकन महानगरको अभियानमा साथ दिएको वताए । निवेदकहरुले मुआव्जा वुझन्को लागि निवेदन दिएसँगै प्रकृया अघि वढेको महानगरपालिकाका मेयर मानवहादुर जिसीले जानकारी दिए ।   पालिखेचोक चौडा वनाउने कार्यको संयोजन गर्नु भएका वडा नं ४ का अध्यक्ष शंकर वास्तोलाले १३ महिनाको अथक प्रयास पछि अभियान सफल भएको प्रतिक्रिया दिए । ‘४ दशकदेखी पोखरेलीहरुले भावनासँग जोडिएको काम पुरा हुँदैछ । यो ऐतिहासिक काम सम्पन्न हुनेक्रममा अत्यन्त खुशी लागेको छ। जनप्रतिनिधि आएपछि योनै जनताको मन जित्ने काम हो।’ वास्तोलाले महानगर, जग्गाधनी, स्थानीय तथा सवैको साथ र सहयोगले अभियान सफल भएको विचार व्यक्त गरे । साभार :-पीस पोखरा

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...