८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

अपराध

८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
११ भदौ, सल्यान । सल्यानमा आफ्नै छोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन्। सल्यानको शारदा नगरपालिका निवासी ३६ वर्षीय बुवाले आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए। ‘साउन २२ गते दिउँसो २ बजेतिर मकैबारीमा छोरीलाई जबरजस्ती बलात्कार गरी रहेको अवस्थामा निजकै पत्नीले देखेपछि रहस्य सार्वजनिक भयो,’ प्रहरी निरीक्षक जोशीले भने ‘त्यसअघि पनि जेठ २३ गते र असार १६ गते पैसा दिएर ललाईफकाई जबरजस्ती बलात्कार गर्दै आएको भन्ने जाहेरीमा उल्लेख छ।’ पत्नी काम विशेषले घर बाहिर गएको मौका छोपी छोरी एक्लै भएको समयमा ललाईफकाई पटक/पटक बलात्कार गर्दै आएका थिए। मकैबारीमा बलात्कार गर्दै गरेको अवस्थामा पत्नीले देखेपछि उनी फरार भएका थिए। पत्नीले भदौ ८ गते प्रहरीमा उनीविरूद्ध किटानी जाहेरी दिएपछि प्रहरी पीडकको खोजीमा लागेको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...