शुक्रबार १३५६ संक्रमित थपिए, १३५४ जना डिस्चार्ज

देश    स्वास्थ्य

शुक्रबार १३५६ संक्रमित थपिए, १३५४ जना डिस्चार्ज
१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...