सुन्धारा कारागारका ६५ कैदीमध्ये ३५ मा देखियो कोरोना

देश    स्वास्थ्य

सुन्धारा कारागारका ६५ कैदीमध्ये ३५ मा देखियो कोरोना
१४ भदौ, काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ३५ जनामा कोरोना संक्रमण देखिएको जेलर लक्ष्मी बाँस्कोटाले बताए। कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तीन दिनअघि स्वाब लिएर गएको थियो। बाँस्कोटाका अनुसार ६५ जनाको स्वाब लिइएकोमध्ये ३५ जनामा पोजेटिभ आएको हो। संक्रमितहरूलाई स्वास्थ्यकर्मीले जाँच गरिरहेका छन्। लक्षणयुक्त संक्रमितलाई अस्पताल र लक्षण नभएकालाई आइसोलेसन पठाउने तयारी भइरहेको बाँस्कोटाले बताए। यसअघि सुन्धारा कारागारमा १५ जनामा कोरोना पुष्टि भइसकेको छ। ज्वरो आउने र रुघाखोकीको समस्या देखिएपछि जेलमा स्वाब संक्लन थालिएको थियो। कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा स्वाब संकलन पनि बढाइएको उनले बताए। हालसम्म संक्रमितमध्ये दुई जना कैदी निको भइसकेका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...