तालिवानलाई परास्त गर्न अमेरिकाले पठाएको हतियारले नै तालिवानले कब्जा गर्यो पुरै देश

विदेश

तालिवानलाई परास्त गर्न अमेरिकाले पठाएको हतियारले नै तालिवानले कब्जा गर्यो पुरै देश

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्‍यो। तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ।

तालिबान समूहले उनीहरूका सामाजिक सञ्जाल तालिबान लडाकूहरूले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन्। यो अधिकांश हतियार पश्चिमी शक्तिहरूले प्रदान गरेको हो। 

उत्तरी शहर कुन्दुजमा आत्मसमर्पण गरिरहेका अफगान सिपाहीहरू रहेको एक दृष्यचित्रमा शक्तिशाली हतियारले भरिएको र विद्रोहीले हातमा बन्दुक समाएर उभिएको देखाइएको छ।

पश्चिमी शहर फराहमा, लडाकुहरूले चीलले सर्पलाई आक्रमण गर्दै गरेको तस्बिर रहेको गाडीमा गस्ती गरिरहेको पाइन्छ। यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक सङ्केत हो। यसले के बताउँछ भने विद्रोहीहरूले सरकारी सुरक्षा बलबाट सबै प्रकारका हतियार तथा बन्दोबस्तीका सामानहरू कब्जा गरेका छन्।

हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन फ्लिश्नरले एएफपीसँग भने,“अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरणहरू आफूसँगै लगेपनि तालिबानको आक्रमणले उक्त समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोला बारूद’ दिएको छ।  

विशेषज्ञहरूको भनाइअनुसार तालिवानका क्षेत्रीय सहयोगी समूहहरूको अज्ञात समर्थनले तालिबानलाई ठूलो बल मिलेको छ।  


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...