तमु समाज इजरायलले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चेपाङ्ग किशोरीहरुलाई सेनेटरी प्याड हस्तान्तरण !

अन्य

फागुन २८ फिष्टेल न्यूज तेल अभिवफागुन २८ तेल अभिव फिष्टेल न्यूज ,तमु समाज इजरायलले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चेपाङ्ग किशोरीहरुलाई सेनेटरी प्याड प्रदान गरेको छ !चितवनका भौगोलिक बिकट रहेका विभिन्न ठाउहरुमा आफ्नो कठिन बाल्यकाल बिताई सकेका र हाल गामबेसी सरक्षण केन्द्रमा रहिरहेका किशोरीहरुलाई महिनावारीको समयमा हुने समस्यालाई बुझेर तमु समाज इजरायलका महिला सदस्यहरुबाट संकलन गरिएको ने .रु ६८००० रकम बराबरको सिनेटारी प्याड़ समाजकी अध्यक्ष बिन्दु तमुस्यो स्वम उपस्थित भई सामग्री हस्तान्तरण गरिएको छसोहि अवसर पारेर तमु समाज इजरायलका स-सचिवकि धर्मपत्नी सन्तोषी तमुस्योले नेरु ५ हजार र समाजकी अध्यक्ष बिन्दु तमुस्योकी माता लक्ष्मी तमुस्योले आफ्नो स्वर्गीय पतिको ५ बोरा खाद्यान्न सहयोग गर्ने प्रतिबद्दता गर्नु भएको छ !सो कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष तमुस्योले महिलाहरुको समस्या महिलाहरुले नै बुझ्ने र सोहि अप्ठ्यारोलाई केहि भए पनि कम गर्न आफु र समाजले सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भएको थियो !प्याड हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले महिलाहरुको समस्या महिलाहरुले बढी बुभ्mने र सोही अप्ठारोलाई केही मात्रामा भएपनि कम गर्ने मौका पाएको भन्दै खुशी ब्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले १२ वर्ष सम्म निरन्तर चेपाङ बालबालिकाको हितमा लागि रहदाँ सहयोगी हातहरुको निरन्तर साथ पाएको बताउदै तमू समाजले पनि बेला बेलामा गरेको सहयोगले ठुलो राहत मिलेको बताउनु भयो । कार्यक्रममा प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्सका नारायणगढ शाखा प्रमुख तथा कालिका एफ एमका संचारकर्मी राजु थापाले तमू समाज ईजरायल र गामबेशी चेपाङ संरक्षण केन्द्रलाई जोड्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग उपलब्ध गराउने जानकारी दिनु भयो ।कार्यक्रममा समाजका पुर्व सल्लाहकार कमल तमु ,समाज सेवी लक्ष्मी तमुस्यो ,पदमा तमुस्यो ,सन्तोषी तमुस्यो र सावित्र अधिकारीको उपस्थिति रहेका थिए !स्मरण रहोस यस समाजले स्थापना कालदेखि नै यस्ता कार्यहरु निरन्तर रुपमा गरि आएको छ !


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...