नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना संक्रमणबाट ज्यान गुमाएका सूकूना गुरुङ्गको परिवारलाई ५३ लाख ३० हजारको बीमा दाबी भुक्तानी |

अन्य

जून १८ काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५३ लाख ३० हजारको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच कोरोना संक्रमणबाट ज्यान गुमाएका सूकूना गुरुङ्गको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

मृतक गुरुङ्गले सन २०१९ जुन ३ मा ५० लाखको दोहोरो दुर्घटना लाभ सहितको १० वर्ष अमृत जिवन बीमालेख खरिद गरेका थिए । उनको कोरोना भाइरसको संक्रमणका कारण सन २०२१ मे २८ मा मुत्यु भएको थियो ।

कम्पनीले आवश्यक कागजात मृतकको परिवारबाट प्राप्त गरेको ५ दिन भित्र कम्पनीको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले उक्त रकम गुरुङ्गका छोरा दिपेन्द्र गुरुङ्गलाई हस्तान्तरण गरेको जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...