इजरायलमा माघे सक्रान्ति पर्व २०७८ नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा भब्य रुपले मनाउने ।

अन्य

डिसेम्बर १२ तेल अभिव ,नेपाल मगर संघ शाखा इजरायलले प्रत्येक वर्ष झै नेपाली राष्ट्रिय पर्व माघे सक्रान्ति (माघ्या सकराटि) भब्य रुपले मनाउने भएको छ । माघे सक्रान्ति पर्व मगर, गुरुङ ,थारु समुदाय लगायत विभिन्न समुदायले विभिन्न तरिकाले मनाउने गर्दछ। यस अवसरमा नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा यही आउँदो मिती १४ जनवरी २०२२ शुक्रबार तेल अभिवमा भब्य रुपले मनाउन लागिएको सस्थाका महासचिव बिबश आलेले टेलिफोन मार्फत जानकारी दिनु भएको छ वहाले केहि बर्ष पुरै बिस्व जगत कोरोना भाइरसको चपेटामा परेको कारण सामुहिक रुपमा भेला भै मनाउना नसकेको र यस बर्ष सबै नियमको पालना गर्दै मनाउन लागिएको बारे बताउनु भयो र यसका सम्पूर्ण आवस्यक तयारिमा नेपाल मगर संघ शाखा लागेको बारे पनि अवगत गराउनु भयो । मगर समुदायको "भेषभुषा,भाषा,धर्म ,संस्कृतीको संरक्षण एवम बिश्व भरीका मगरहरुको एकता अहिलेको आवश्यकता ""भन्ने मुल नाराका साथ माघ्या सकराटी साँस्कृतिक साँझ २०७८ कार्यक्रम स्थानीय कलाकारहरुको पहिचान झल्किने बेजोड प्रस्तुतीको साथमा मगर परिकारहरुको स्वादिष्ट भोजन सहित भब्य रुपमा मनाउन गैरहेकोले इजरायलमा रहनुहुने सम्पूर्ण नेपालीभाषी दाजुभाइ दिदिबैनी तथा इजरायलमा स्थापित सम्पुर्ण संघ ,संस्था प्रति उपस्थित हुनका लागी आयोजक सस्था द्वारा हार्दिक अनुरोध गरेको छ ।

माघे सक्रान्ति ( माघ्या सकराटि)

मिती - १४ जनवरी २०२२ शुक्रबार

समय - ७:०० बजे साँझ

स्थान - Matalon st 75,Tel aviv


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...