लोकदोहोरी गायक प्रकाश कटुवाल कारागार चलान ।

अन्य

लोकदोहोरी गायक प्रकाश कटुवाल कारागार चलान ।
मार्च १३ पोखरा :-राष्ट्रिय लोकदोहोरी गायक प्रकाश कटुवाल कारागार चलान भएका छन् । तनहुँ डुम्रेका होटेल व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका गायक कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएसंगै कटुवाल थुनामा गएका हुन् ।जिल्ला अदालत तनहुँले वादी र प्रतिवादीको बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका थिए । कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...