गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको निधन।

स्थानीय

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको निधन।

गण्डकी प्रदेशमा बुधबार १ सय ८२ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा १ सय ८२ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।थपिनेमा कास्कीका १ सय ४५ जना छन् । बागलुङमा २० तनहुँमा ७ पर्वत नवलपुर र स्याङ्जामा ३/३ र लमजुङमा १ संक्रमित थपिएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।गण्डकीमा योसँगै कुल कोरोना संक्रमितको संख्या ९ हजार ७ सय ३ पुगेको छ ।

तीमध्ये ४९ सय ७० जना निको भएका छन् ।गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको निधन भएको छ । कास्कीको रुपा गाउँपालिका ५ का ७२ वर्षीय पुरुषको बुधबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र मृगौलाको समस्या थियो ।योसहित गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १३ पुगेको छ ।कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५० नवलपुरका १९ तनहुँका १५ स्याङ्जाका ९ गोरखाका ८ बागलुङका ८ म्याग्दीका २ पर्वत र लमजुङका १/१ जना छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...