युएईमा कोभिड – १९ को नयाँ संक्रमित २५४ ,संक्रमित संख्या ५७,९८८।

विदेश

युएईमा कोभिड – १९ को नयाँ संक्रमित २५४ ,संक्रमित संख्या ५७,९८८।
जुलाई २४ मनु कोंमे तमु /युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५४,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम अनुसार २०२० जुलाई २३ तारिख बिहिवार २५४ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या ५७,९८८ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज ४९४ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ५०,८४८ जना पुर्णरुपमा निको भइसकेका छ्न। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३४२ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ६,७९८ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। त्यसैगरी गैर आवासीय नेपाली संघ युएईले कोभिड -१९ कोरोना भाइरस महामारीको कारण युएईमा लकडाउनमा परी बिचल्ली अलपत्र र रोजगारी गुमाइ समस्यमा परेका नेपाली नागरिकहरु लाई राहत खाद्यान्न सामग्री बितरण गर्दै आइरहेको थियो। गैर आवासीय नेपाली संघ युएईले राहत खाद्यान्न सामग्री बितरण कार्यक्रम लाई निरन्तरता दिंदै आज १०५ दिन पूरा गरेको छ।आज जबलअलि स्थित फ्ल्याक्स म्यानेजमेन्ट कम्पनी र इमिरेट्स क्याप्सका ५३ जना लाई राहत बितरण गरेको छ । गैर आवासीय नेपाली संघ युएईले पहिलो चरणको राहत खाद्यान्न सामग्री बितरण कार्यक्रम लाई आज २०२० जुलाई २३ तारिख बिहिवार बाट बन्द गर्ने घोषणा गरेको छ भने आउदो दोश्रो चरणको राहत खाद्यान्न सामग्री बितरण कार्यक्रम छिट्टै सार्वजनिक गर्ने गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष एवं क्यु आर एफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका प्रमुख संरक्षक पासाङ शेर्पाले जानकारी गराएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...