युएईमा उभौली साकेला भव्यता साथ सम्पन्न ।
विदेश
औपचारिक कार्यक्रमको समाप्तिको घोषणा गर्दै कार्यक्रमका सभापती किराया युएई शाखाकी अध्यक्ष श्रीमति चन्द्रकला सामपाङले "किरातिहरुको चाहना, स्वायत्त किरात राज्यको स्थापना" किरायाको मुल स्पिरिट रहेको धारणा प्रस्टयाउनु भएको थियो । औपचारिक कार्यक्रमको अन्त्य संगै साकेला थानमा नाक्छो डिके किरातीले अक्षेता,अदुवा,चिन्डोमा रहेको चोखो सोलोइवा पानीले चोख्याउदै थान पुजेपछि सिलिपा सुबाश बानु राई, सिलिमा माया चामलिङ, ढोलेहरु असिम चामलिङ, नवीन दुमि राई, दइन्द्र (बि) राईका साथ एकै लस्करमा किराँती भेषभुषामा सजिएका किरातिहरुले एउटै तालमा सोइ ढोले साकेला नाच प्रसतुत गरेका थिए। संग संगै सुनुवार सेवा समाज शाखा युएईका अध्यक्ष नरबहादुर सुनुवारको नेतृत्वमा सांस्कृतिक नाच प्रस्तुत गरिएको थिए। साकेलामा किरात राईहरुको पहिचान जनाउने मौलिक ढोल, झ्याम्टा, सिमली सेउली, तालुक धनु, लगायतका सामनाहरुको तामझाम गरिएको थियो।
उक्त कार्यक्रममा किरात राई यायोक्खा शाखा युएईले ५९ जना साधारण सदस्यता बितरण संस्थाका अध्यक्ष श्रीमति चन्द्रा सामपाङको हातबाट गरिएको थियो। यायोक्खा युएई शाखाले प्रवास बसाईमा समुदायका लागि विशेष योगदान पुर्याइएको भन्दै दस जनालाई सम्मान/कदर पत्र सहित किराया सल्लाहकार संरक्षक कटक राई र सुसेस युएई अध्यक्ष नर बहादुर सुनुवारको हातबाट हस्तान्तरण गरिएको थियो। त्यस्तै सुसेस शाखा युएईले पनि समाजलाई योगदान पुर्याउने विशेष व्यक्तिहरुलाई सम्मान गरेको थियो। कार्यक्रमको अन्त्यमा किराँत संस्कार अनुसार नाक्छो डिके किराती, सिलिपा सुबाश बानु राई र सिलिमा माया चामलिङको सायाचोक/ शिर उभाएपछि साकेला थानमा बिट मार्ने कार्य सम्पन्न गरिएको थियो।

