युएईको राजधानी अबुधाबीबाट १ सय ५१ जना नेपाली नागरिक लिएर हिमालय एयरलाइन्स जहाज नेपाल उड्यो।

विदेश

युएईको राजधानी अबुधाबीबाट १ सय ५१ जना नेपाली नागरिक लिएर हिमालय एयरलाइन्स जहाज नेपाल उड्यो।
जुन २१ युएई /मनु कोंमे तमु :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परी युएईमा समस्यामा परेका नेपाली नागरिकहरु आज युएईको स्थानीय समय अनुसार बिहान ०४ः२० बजे हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ - ५६७२ को उडान बाट युएईको राजधानी आबुधबी बाट १ सय ५१ जना काठमाण्डौ नेपाल फर्किएका छन्। फर्कने नेपाली नागरिकहरुमा २५ जना महिला र १ सय २६ पुरुष रहेका छन्। नेपाल फर्किनेहरुको कोरोना भाइरसको परिक्षण अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क परीक्षण गरिएको थियो। परिक्षण गरिएका नेपाली नागरिक मध्ये ३ जना लाई कोरोना भाइरस पोजेटिभ देखिएका कारण नेपाल फर्कन पाएनन। हिमालय एयरलाइन्स बाट आज नेपाल फर्कनेहरुमा नेपाल दूतावासको प्राथमिकतामा परेकाहरु धेरै संख्या परेका छन् भने फर्किनेहरु रोजगारदाता कम्पनीले दिएको टिकट र केही नेपाल सरकारले तोकेको ३ सय ८५ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ झण्डै ४६ हजार तिरेर आफै टिकट काटेर नेपाल फर्किएका छ्न। त्यसैगरी नेपाल फर्किने नेपाली नागरिकहरु लाई बिदाइ गर्नको लागि नेपाल राजदुतावास अबुधाबी युएईका श्रम सहचारी मोतिराम भुसाल,श्रम काउन्सिलर निर्मला थापा,जनसंपर्क अधिकृत इरफान आलम,सहदेव गिरी र जनसम्पर्क समिति यूएईका सल्लाहकार एवं आबुधावी राहत टिमका संयोजक कृष्ण गौतम अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...