इजरायलमा १ जना र साइप्रसमा ३ जना क्वारेनटाइनमा ,नेपाली राजदुताबास इजरायल नेपाली नागरिकहरुको सुरक्षाको लागि २४ सै घण्टा तत्पर ।

विदेश

इजरायलमा १ जना र साइप्रसमा ३ जना क्वारेनटाइनमा ,नेपाली राजदुताबास इजरायल नेपाली नागरिकहरुको सुरक्षाको लागि २४ सै घण्टा तत्पर ।
मे १३  तेल अभिव :- बिस्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९ )ले इजरायल र साइप्रसमा रहेका नेपालीहरु सुरक्षित रहेको छ ।एकिन तथ्य नभए पनि साइप्रसमा १२ देखि १३ हजार तथा इजरायलमा २५ सय देखि ३ हजार सम्म नेपालीहरु रहेको नेपाल राजदुताबास स्रोतले जनाएको छ ।इजरायलमा एक जना क्वारेनटाइनमा रहेको छ भने साइप्रसमा ३ जना क्वारेनटाइनमा रहेकोमा २ जना स्वस्थ भैसकेका छन् ।कोरोना भाइरसका कारण सिर्जित यस बिषम परिस्थितिमा इजरायल र साईप्रसमा रहनुहुने नेपालीहरुको सहजताका लागि दूतावास हरसम्भव प्रयास गरिरहेको स्रोतले जनाएको छ।वास्तविक तथ्याङ्गका नभएकोले केहि समस्या भए पनि नेपाली राजदुताबासले नेपाली नागरिकको सुरक्षाको लागि तत्पर रहेको बताएकोछ ।इजरायलमा रहेका नेपालीहरुमा कुनै समस्या नरहे पनि साइप्रसमा रहेका नेपालीहरुमा केहि समस्या रहेकोले नेपाली राजदुताबास इजरायलको समन्वयमा एनआरएनए साइप्रस लगायत साइप्रसमा रहेका १४ संघ सस्थाहरुले पहिलो चरण राहत बितरण गरेको थियो,जसमा ४४७ जनालाई बितरण गरिएको छ भने थप राहत वितरणको लागि पनि नामावली संकलन गरिरहेको छ । यस कोरोना क्राईसिसमा विभिन्न तवरले सहयोग, समन्वय गर्न र भविष्यमा आइपर्ने समस्याका लागि पूर्वतयारी गर्न पनि सहजीकरणका लागि दूतावासले दूवै देशमा बस्ने नेपाली नागरिकहरुको अनलाईन रजिस्ट्रेसन शुरु गरेको छ यसमा हाल सम्म २७०० जनाले मात्र रजिस्ट्रेसन भरेको राजदुताबास सुत्रले जानकारी दिएको छ यस रजिस्ट्रेसन भरि दिनुको लागि दुबै देशमा रहेका नेपालीहरुमा नेपाली राजदुताबास इजरायलले अनुरोध गरेको छ ।।नेपाली राजदुताबास इजरायलले आवस्यक परे दुबै देशमा रहेका  नेपालीहरुको उद्दारको लागि नेपाल सरकारसंग सम्पर्कमा रहेको बताएको छ । नेपाली राजदुताबास इजरायल सम्पर्क :-०३ ५१० ०१११ ०५२८२८९३०० ०५४३३०६०७०  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...