नेपाली जनसम्पर्क समिति युएईले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाए ।

विदेश

नेपाली जनसम्पर्क समिति युएईले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाए ।
मे २९ मनु कोंमे तमु युएई :- कोभिड-१९ का कारण युएई लगायत मध्यपूर्वमा अलपत्र मा परेका नागरिकलाई यथाशीघ्र उद्दार गर्न नेपाली कांग्रेस निकट नेपाली जनसंपर्क समिति यूएईले नेपाल सरकार संग माग गरेको छ। नेपाली जनसंपर्क समिति यूएईका सभापति भुवानी प्रसाद तिमल्सिनाको नेतृत्वमा पररास्ट्र मन्त्री प्रदीप ज्ञवाली लाई उहाँकै कार्यकक्षमा भेटी ज्ञापनपत्र समेत बुझाएको छ। युएई, कुवेत, कतार, बहराइन, ओमान, साउदी अरब,भारत, मलेशिया)मा अलपत्र परेका श्रमजीवी नेपालीहरुलाई प्राथमिकताको आधारमा यथाशीघ्र स्वदेश फिर्ता ल्याउनको निम्ति नेपाली कांग्रेसका नेता पुर्व रक्षामन्त्री एवं संसदीय सुनुवाइ समितिका सदस्य माननीय भिमसेनदास प्रधान को सम्योजन मा नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवनिप्रसाद तिमिल्सिना र मानवअधिकारकर्मि हरि तिमिल्सिनाले हिजो परराष्ट्रमन्त्री माननीय प्रदिप ज्ञवालीलाई भेटेर नेपाली जनसम्पर्क समिति युएईले ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझाउने क्रममा पुर्व रक्षामन्त्री एवं संसदीय सुनुवाइ समितिका सदस्य माननीय भिमसेनदास प्रधान ज्युले विदेशमा समस्यामा रहेका नेपालीलाई यथाशीघ्र स्वदेश फिर्ता गराउन आवश्यक पहल गर्न र सकेको सहयोग गर्न सुझाएका छन्। यसैगरी नेपाली जनसम्पर्क समितिका सभापति भुवानीप्रसाद तिमिल्सिनाले सरकारले पहिलो प्राथमिकतामा कुवेत सरकारले आममाफी दिइएका नेपालीहरुलाई यथाशीघ्र स्वदेश ल्याउन पर्ने र युएईमा श्रम गर्न गएका केही श्रमजीवी नेपालीहरुको अवस्था अत्यन्तै गम्भीर रहेकोले प्राथमिकताको आधारमा गर्भवती महिला, भिजिटमा गएर अलपत्र परेका र रोजगार गुमाएकाहरु लगायत मध्य पुर्वका सम्पुर्ण देश हरुमा समस्या परेका नेपालीहरुलाई उद्धार गरि स्वदेश फिर्ता गराउन माग गरेकाछन्। यसैगरी मानवअधिकारकर्मि हरि तिमिल्सिनाले अलपत्र परेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्ता गरि उनिहरुको उचित व्यवस्थापन र क्वारेन्टाइनमा राखेर चेकजाँच गरिनु पर्ने माग गरेका छन्। ज्ञापन पत्रमा सभापति तिमल्सिना र महामन्त्री हरि खड्काद्वारा हस्ताक्षर गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...