एनआरएनए साईप्रसको नेतृत्वमा १२ वटा सस्थाको सहयोगमा साईप्रसमा दोस्रो चरणमा राहत वितरण।

विदेश

एनआरएनए साईप्रसको नेतृत्वमा १२ वटा सस्थाको सहयोगमा साईप्रसमा दोस्रो चरणमा राहत वितरण।
मे १७ साईप्रस:- कोरोना भाईरसले प्रभावित साईप्रसमा रहेका नेपाली समुदायहरुलाई साईप्रसमा राहत वितरण गरिएको छ ।नेपाली राजदुताबासको सहकार्य तथा गैरआवासीय नेपाली सघं साईप्रसको नेतृत्वमा साइप्रसमा संचालनमा रहेका १२ वटा सघं–सस्थाहरुको सहभागितामा दोस्रो चरणको राहत वितरण गरिएको एनआरएनए साईप्रसका महासचिव कृप थापाले हामीलाई जानकारी दिनु भएको छ। साईप्रसमा रहेका नेपाली विद्यार्थी एवम् केही कामदार , रिफिउजी लगायतमा खाना बस्ने समास्या बढिरहेको बेलामा विभिन्न १२ वटा समाजिक सघंसस्थाले राहत वितरणको कार्यक्रमलाई निरन्तता दिइरहेका छन् । सामाजिक संस्थाहरु र एनआरएनए साईप्रसले पहिलो चरणमा ४२० जनालाई राहत वितरण गरिएको थियो।एनआरएनए साईप्रसका महासचिव कृप थापाले दोस्रो चरणको राहत कार्यक्रम अन्तर्गत शुक्रवार र शनिवार २ दिन गरि २०० भन्दा बढिलाई राहत वितरण गरिएको जानकारी दिए । ‘

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...