युएईमा कोभिड -१९को संक्रमणबाट थप ९ जनाले ज्यान गुमाए संक्रमित संख्या १५१९२ ।

विदेश

युएईमा कोभिड -१९को संक्रमणबाट थप  ९ जनाले ज्यान गुमाए संक्रमित संख्या १५१९२ ।
मे ५ मनु कोंमे तमु युएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड - १९ कोरोना भाइरस युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार २८,००० भन्दा बढी नागरिक र बासिन्दाहरुको बिच परिक्षण गर्दा कोरोना भाइरसको - ४६२ जना नयाँ संक्रमित भेटिएको छ। पछिल्लो भेटिएका संक्रमित सबै स्थिर अवस्थामा रहेका छ्न। नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या - १५,१९२ जना पुगेको छ भने स्वास्थ्य तथा रोकथाम मन्त्रालयको रिपोर्ट अनुसार सोमबारको तुलनामा मंगलबार नयाँ संक्रमित संख्या १८।५ प्रतिशतले घटेको जनाएको छ। त्यसैगरी युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् - १८७ जना पुर्णरुपमा निको भएका छन। युएईमा उपचार पश्चात् हाल सम्म संक्रमित भएका - ३,१५३ जना पुर्णरुपमा निको भइसकेका छ्न। कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भएका थप - ९ जनाको मृत्यु भएको छ । मृतकहरु पहिलेको दीर्घकालीन रोग बाट ग्रासित थिए ।जसको परिणाम स्वरुप जटिलताका कारण मृत्यु भएको हो। युएईमा हाल सम्म कोरोना भाइरस बाट संक्रमित भइ मृत्यु हुनेको संख्या - १४६ जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालय जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (3 भोटहरु, 5 मध्य औसत: 3.67)
Loading...