तमु प्ये ल्हु अमेरिका च्यु -ल्होसार कार्यक्रम भब्य रुपमा सम्पन्न l
विदेश
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार जित ब क्रोम्छे तमु तथा प्रथम उपध्यक्ष्य श्री चक्र क्रोम्छे तमुबाट स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए भने उपस्थित अतिथ , सम्पूर्ण तमु तथा नेपाली दाजुभाई दिदि–बहिनीहरुले मृग वर्गको बिदाई तथा मुसा वर्गको स्वागत गर्दै ल्होसारको शुभकामना आदन प्रदान गरेका थिए । यसैगरी कार्यक्रमलाई थप मनोरञ्जन दिनको लागि विविध साँस्कृतिक कार्यक्रम तथा RAFFLE DRAW आयोजना गरिएको थियो lनेपाली राष्ट्रिय गानबाट प्रारम्भ गरिएको उक्त ल्होसार कार्यक्रममा साँस्कृतिक कार्यक्रमलाई समाज सेवी सरिता तमुस्यो , कल्पना तमुस्यो तथा दिपा तमुस्योबाट सन्चालन गरेका थिए ।यसैगरी कार्यक्रम का प्रमुख अतिथिलाई यसै संस्थाका अध्यक्ष्य तथा कार्यक्रम का सभापति श्री टोउ क्रोम्छे तमु बाट मायाको चिनो स्वरूप क्होँईवो धिँ प्रदान तथा प्रमुख आतिथिबाट च्यु -ल्होसार को शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो lRaffle Draw गरि चिट्ठा उपहार का प्रायोजक श्री चक्र क्रोम्छे तमु, केश ब ल्हेगे तमु तथा ढक ब ल्हेगे तमुले बिजेतालाई उपहार प्रदान गरेको थियो l
सभापति श्री टोउ क्रोम्छे तमुबाट ब्यस्त समय बाबजुत पनि उपस्थित सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु भन्ने भनाईलाई प्रकाश पार्दै सभापतिको आसनबाट अध्यक्ष टौ क्रोम्छे तमुले कार्यक्रम आयोजनामा भएका कमिकम्जोरीहरुप्रति क्षमा याचना गर्दै JANUARY - 02 -2021 Saturday,फेरी यसैगरी रमाईलो भेटघाट गरी ल्होसार मनाउने प्रतिवद्धता सहित औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो । 
