स्यांग्जामा धारिलो हतियार प्रयोग गरेर बुबा ,छोराको हत्या ।

अपराध

स्यांग्जामा धारिलो हतियार प्रयोग गरेर बुबा ,छोराको हत्या ।
सेप्टेम्बर ४ पोखरा :-स्याङ्जाको हरिनास गाउपालिका ३ स्थित ललहीको मिनडाँडामा बुबा र छोराको हत्या भएको छ। मंगलबार बिहान करिब ४ बजे तिर २९ वर्षका बाबु चित्रबहादुर खड्का र उनका ४ वर्षका छोरा रिजनको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रशासन कार्यालय स्यांजाले जानकारी दिएको छ। स्यांजाका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले उक्त घटनाको पुष्टि गरेका हुन्। ‘यो ठाउँ सदरमुकामबाट टाढा, तनहुँसँग सीमा जोडिएको क्षेत्र पर्छ,’ उनले भने, ‘कसैले बाबुछोराकै हत्या गरेको छ भन्ने खबर पाउनासाथ प्रहरीका एसपीको नेतृत्वमा प्रहरी त्यहाँ पुगेर पनि आइसकेको टोली फर्किसकेको छ।’ स्थानीयले केहि अपरिचीत व्यक्ति बिहान खड्काको घरमा छिरेर बाबु छोराकै हत्या गरेर भागेको बताएका छन्।घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्यांग्जाले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...