सामुहिक बलात्कार अभियोगमा पक्राउ परेका स्ववियु सभापतीलाई १० बर्ष कैद |

अपराध

सामुहिक बलात्कार अभियोगमा  पक्राउ परेका स्ववियु सभापतीलाई १० बर्ष कैद |
असोज १८पर्वत:- २०७४ चैत्र १५ गते सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसला सुनाएको हो ।नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका तर्फबाट निर्वाचित स्ववियु सभापति क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ । स्रोत :- नेपाल समाचारपत्र

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...