संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि अधिकारी सहित ७ जना हेलिकप्टर दुर्घटनामा मृत्यु |

देश

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि अधिकारी सहित ७ जना हेलिकप्टर दुर्घटनामा मृत्यु |
फागुन १५ काठमाडौँ :-हेलिकप्टर दुर्घटनामा परी संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मंर्ती सहित ७ जनाको मृत्यु भएको छ ।ताप्लेजुङमा आज भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुशार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको र सबै सातजनाको शव भेटिएको छ । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास शेरचन र अर्का एकजना सवार थिए ।खराब मौसमका कारण उद्दारमा कठिन भएको जनाएको छ ।यस सम्बन्धमा मन्त्रि परिषद अकस्मित बैठक बसिरहेको तथा नेपाल आर्मीको पनि अकस्मित बैठक बस्ने भएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...